वीरगन्ज । पर्साको पोखरीया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नौसाद आलमले स्वास्थ्य शिविरबाट आँखा बनाउन अस्पताल भर्ना भएका बिरामीलाई भेट्न अस्पताल पुगेका छन् ।
वडा स्तरिय बजेटबाट लाईन्स क्लवको सहयोगमा पोखरीया नगरपालिकाको वडा नं ९ शिव बरवाको शिविर सञ्चालनमा चेकजाँच गरी आँखामा समस्या भएका बिरामीको लागि वीरगन्ज स्थित शिवा आँखा अस्पतालमा भर्ना गराई अप्रेशन गरिएको हो । अप्रेशन गराई भर्ना भएका बिरामीहरुको अवस्था बुझ्न वडा अध्यक्ष आलमले आज अस्पताल पुगेका हुन् ।
अस्पताल पुगेका वडा अध्यक्ष आलमले स्वास्थ्य अवस्था बुझी आफ्नो व्यक्तिगत लगानीमा प्रत्येक बिरामीको लागि आवश्क खाना , औषधि र चस्मा किनी सहयोग गरेका हुन् । नगरपालिकाको बजेट अपुग भए पछि आफ्नो लगानीमा सम्पूर्ण बिरामीको लागि आवश्क औषधि , खाना , चस्मा किनी बस्नका लागि कम्बल उपलव्ध गराएका हुन् ।
अस्पताल भर्ना भएका बिरामीहरुको अवस्था बुझ्न नेकपा एमालेका पर्सा जिल्ला कमिटी उपसचिव संजिव मिश्रा , पत्रकार कृष्णा कुशवाहा लगाएतको उपस्थिति रहेको थियो ।