वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुजित साह हाजिर भएका छन् । बिन्दबासिनी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा राजु साहले कार्यभार सम्हाल्दै आएकोमा उनको बढुवा भएसँगै उनी सरुवा भएपछि आज सोमबार सुजित साह हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत साहलाई गाउँपालिका अध्यक्ष प्रमोद प्रमोद तिवारीले स्वागत गरेका छन्। गाउँपालिकालाई जिल्लाको नमुना गाउँपालिका बनाउने काममा आफूले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत साहले गरेका छन् । यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा सुजित साहले कार्यभार सम्हालि सकेका छन्।