बिरगंज । जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक ऑखा केन्द्र को प्राविधिक सहयोगमा पर्सा को जगरनाथपुर गा.पा .वडा ६ माधोपुर स्कुल को प्रांगण मा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ।
क्षेत्र न ४ का क्षेत्रिय संयोजक बृजेशवर प्रसाद चौघरी को नेतृत्व मा सम्पन्न यस कार्यक्रम मा पार्टी का केन्द्रीय सदस्य विनय यादव,यूवा नेता हिरालाल राम,सामाजसेवी दशरथ साह,शिवलाल राम,सुखराम राम शिविर कोडनेटर राजेश चौधरी लगायत को उपस्थिति रहेको थियो।
आजको यो शिविर बाट ११९ जना लाभान्वित भएका छन। भने ३७ जना मोतियाविन्द का पैशेन्ट भेटिएका छन। यिनीहरु लाइ यसै हप्ता २० गते मंगलवार का दिन वीरगंज को सामुदायिक ऑखा केन्द्र मा लगी निशुल्क शल्यक्रिया गरिने चौघरी ले जानकारी गराउनु भएको छ।