वीरगन्ज । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले सहयोग गरेको अन्तर्राष्ट्रिय साइकल परियोजना अन्तर्गत आज बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं ३मा मुसहरवा टोल रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना बिद्यार्थी र वलिरामपुरमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ।
मधेस प्रदेशका नौ सामुदायिक विद्यालयका १ हजार विद्यार्थीले साईकल वितरण गर्ने उदेश्यले संचालन गरिएको कार्यक्रममा आज १६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ।
यस साइकल वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँचका चुनौतीहरूलाई सम्बोधन गर्दै लाभान्वित गरेको छ ।
बिधालय व्यवस्थान समितिका अध्यक्ष पतिलाल साह,
प्रमुख अतिथी वडा अध्यक्ष किसोरी साह, पुर्व वडा अध्यक्ष मदन प्रसाद यादव, विशिष्ट अतिथि चाईना फाउन्डेसन फर रुरल डेभलपमेन्ट का कबित नेपाल,कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ विशिष्ट अतिथि बारा जिल्ला निवासी डा धन्नजय यादव श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बलिरामपुर का प्रधान अध्यापक आनन्द कुमार गुप्ता त्यसै गरि वडा नं ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसहरवा मा आयोजित कार्यक्रमका वडा नं ३का वडा अध्यक्ष शिव चन्द्र प्रसाद यादवको मुख्य अतिथिमा सम्पन्न कार्यक्रम प्रधान अध्यापक जुगुल किशोर साह , शिक्षक शिक्षिका लगायत मा स्थानिय वासिन्दाहरूको उल्लेखिय सहभागिता रहेको थियो
देशहरू स्कूलमा उनीहरूको यात्रा समय छोटो पार्न र मानिसहरूलाई मानिसहरूसँग जोड्ने प्रवर्द्धन गर्न।
कार्यक्रमका प्रमुख अतिथि श्री शिव चन्द्र प्रसाद यादवले यस पहलको प्रशंसा गर्दै भने, "सहयोगले विद्यार्थीहरूलाई नियमित रूपमा र समयमै कक्षाहरू मा उपस्थित हुन, शैक्षिक कार्यसम्पादन र समग्र सिकाइ नतिजामा सुधार गर्न र स्वतन्त्रता र आत्मनिर्भरता लाई बढावा दिएर उनीहरूलाई सशक्त बनाउँदछ। अन्यथा वैकल्पिक यातायातको प्रबन्ध गर्न आवश्यक पर्न सक्ने परिवारहरू मा पर्ने आर्थिक बोझ लाई कम गर्दै।"