जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पूर्ववडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन् । लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो । उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको हो ।
पूर्ववडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनीसँग पैसा लिएर नत जग्गा नै दिए नत पैसानै पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भएपछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई वडा नं. १ बाटै पक्राउ गरिएको थियो भने उनलाई आज अदालतमा पेस गरिने छ ।