वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धान ब्युरोले अभिभावक संघ पर्साका अध्यक्ष सन्दिप साहलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसन्धान अधिकृत शैलेन्द्र खड्का अनुसार सामजिक सञ्जाल फेसबुकको सहारामा गौतम स्कुल विरगंजका प्रधानध्यापक सोनम लामाविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको ज्योती दैनिकलाई बताए ।
साहविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । साहले केही दिन अगाडि प्रधानध्यापक लामा विरुद्ध `कान्छ कान्छी` शब्द सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रचार गरेका थिए । उनको लेखाइले प्रधानध्यापक लामाको चरित्र हत्या गरिएको प्रहरीको भनाई छ ।