वीरगञ्ज । वीरगञ्जको घन्टाघर चौक स्थित क्रियाशिल युवा पत्रकार मञ्च नेपाल द्वारा आयोजित बृहत् खुला रक्तदान कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। यो कार्यक्रम तेस्रो पटक आयोजना गरिएको हो।
रक्तदान कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु विशिष्ट अतिथि रहेका थिए , साथै जिल्ला ट्राफिक कार्यालय प्रमुख, समाजसेवी प्रकाश थारु , वडा प्रहरी बिर्ताका प्रमुख निरोज चौलागाईं , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी , वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह , समाजसेवी राजेन्द्र भट्टराई लगायतको विशेष उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रम क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै उपाध्यक्ष आनन्द पटेल , सचिव बिरेन्द्र साह , कोषाध्यक्ष उपेन्द्र बरई , सदस्यहरू उपेन्द्र पटेल , अरुण साह, दिनेश ठाकुर , मुकेश गुप्ता , कन्हैया बर्णवाल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रममा १ महिला सहित ३१ जना रक्तदाताहरूले अमूल्य रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूमा सञ्चारकर्मी कृष्ण कुश्वाहा, उमेश नारायण मानन्धर, आदित्य कुमार महरा, नारायण क्षेत्री, राजेश दास, राज कुमार सहनी, लोकेश रावत, राजीव कुमार झा, मन्जय साह, रोहित राज, राज विधा पन्जियार लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र तथा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, वीरगञ्ज रक्त सञ्चार केन्द्रका दिल्ली माया घिमिरे, नमित चौरसिया, समीर हासमी, श्रीराम शर्मा लगायतका व्यक्तिहरूको विशेष सहभागिता रहेको थियो।
यस रक्तदान कार्यक्रमले रक्त अभावको समस्या समाधान गर्न महत्वपूर्ण योगदान दिने आयोजकले विश्वास व्यक्त गरेका छन्।