वीरगञ्ज । भोजपुरीया रिति रिवाज गर्भ गर्न लायक भएको नवदिप एकेडेमीका प्र.अ शुशिला साहले बताउनु भएको छ । नेपाल भोजपुरी समाजले नव दिप एकेडेमीका कक्षा ७ र ८का बिद्यार्थीहरुका लागि आयोजना गरेको कला संस्कति संरक्षण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्र.अ साहले यस प्रकारको कार्यक्रमले आफनो बाल्यकालको सम्झना समेत गराएको बताउनु भयो । आउने दिनमा नेपाल भोजपुरी समाजको सहकार्यमा बिभिन्न रचनात्मक कार्यक्रम गर्न सकिने पनि वहाँले बताउनु भयो । समाजका अध्यक्ष ध्रवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा सल्लाहाकार मनोज कुमार मिश्र, विद्यालयका शिक्षकको सहभागीता रहेको थियो ।