पर्सा । आफ्नो अध्यक्षलाई झुठा मुद्दालगाई फाउने खोजेको भन्दै अभिभावक संघले एक बिज्ञप्ती मार्फत बिरोध जनाएको छ । विद्यार्थी एमव् अभिभावकको हम हितको लागि सदैव तत्पर रहने संघका अध्यक्ष संदिप साहलाई गौतम मा.बि.का संचालक सोनम लामाले प्रतिसोध साधनको लागि साईबर क्राईमको झुठा मुद्दा लगाई अनैतिक तथा असोभनिय तरिकाले धर पकड गर्न लगाई थुनामा राख्ने कार्य गरेकोले अभिभावक संघद्धारा घोर निन्दा तथा भर्त्सना गरिएको छ । संघ उनको शिध्र रिहाईका लागि जोडदार माग समेत गरेको संघका सचिव बिरेन्द्र साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख भएको छ ।


यसै बिच संघले आज फागुन २४ गते शनिबारका दिनमा पुर्व निर्धारित रक्तदानको कार्यक्रम समेत फरक परिस्थीतिका कारणले अन्तिम चरणमा स्थगित गरिएको जनाएको छ । संघका अध्यक्ष साहले निरन्तर अभिभावकहरुको जायज माग उठाउदै गरेको र उनको यो कदमले बिभिन्न विद्यालयका संचालकहरु रुष्ठ भएको तथा अध्यक्ष साहलाई निराधार आरोप सहित फसाउने कार्य गरिरहेको पाईएकोले निजको यथासिघ्र रिहाई नभए उत्पन्न हुने परिस्थीतको जिम्मेवार गौतम विद्यालय प्रशासन नै हुने चेतावनी पनि दिएको सचिव साहद्धारा जारी भएको बिज्ञप्तीमा उल्लेख भएको छ ।