वीरगञ्ज । केवल पहिलो र दोस्रो हुनका लागि बालबालिकाहरुलाई अभ्यास नगराउन वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरबिन्दलाल कर्णले बताउनु भएको छ । वीरगञ्जको राधेमाईमा रहेको ए प्लस एकेडेमीले आयोजना गरेको वार्षिक खेलकुदको पुरस्कार बितरण तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अधिकृत कर्णले आफु पनि दोस्रो डिभिजनमा पास भएको मान्छे भएको र हाल महानगरको प्रशासकिय अधिकृत भएर सेवा गर्न मौका प्राप्त गरेको बताए ।
विद्यालय पछि नानी बाबुहरु घरमा फर्किदा तिमीहरुले आज नयाँ के के सिख्न पायो ? प्रश्न गर्न समेत अधिकृत कर्णले अभिभावकहरुलाई सुझाव दिए । समाजमा राम्रो व्यक्त बन्न निरन्तर अभिभावकहरुले प्रेरित गर्नु पर्ने वहाँले बताउनु भयो । आजको समाज भिन्न भएकाले सधै आफु मात्र कसरी जित्ने होईन सबै मिलिजुली जित्ने बिषयक एक प्रेरक कथा पनि वहाँले सुनाउनु भयो ।
विद्यालयका प्र.अ. देव जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा सोहि विद्यालयका सह संचालकहरुले शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा शिल्ड प्रदान गरि सम्मान गरेका थिए । कार्यक्रममा विद्यालयलाई हरेक कोणबाट समयोग गर्ने १५ जना अभिभावकहरुलाई सम्मान पनि गरिएको थियो । आफ्नै प्राङगणमा भएको कार्यक्रमको सहजीकरण पत्रकार राजेन्द्र सिंहले गरेका थिए ।