पर्सा । ठाकुरराम बहुमुखी क्याम्पस पर्साको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमालेनिकट अनेरास्ववियुले पवन यादवलाई उम्मेदवार बनाएको छ ।
चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि संगठन दर्ताको काम सकिएपछि उम्मेदवार छनौट धमाधम भइरहेको छ । अनेरास्ववियुले हालका अनेरास्ववियु पर्सा सचिव यादवलाई उम्मेदवार बनाउन लागेको हो ।
दिनरात विद्यार्थीहरूको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका अनेरास्वबियु पर्सा सचिव यादव लोकप्रिय विद्यार्थी नेता हुन् । उनी अनेरास्ववियु पर्सा कमिटी सचिव समेत रहेका छ्न ।
उम्मेदवार भएसंगै यादवले समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा क्यापसले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको मुद्दा बनाएको आफू सभापतिको उम्मेदवार भएको बताउँछन्। “क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नगर्नेलाई दण्ड र सजायको व्यवस्था गर्ने कुरालाई जोड दिनेछौं‚” उनी भन्छन्, “शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा हाम्रो मुख्य अजेन्डा रहेको छ । शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्छु उनले बताए ।”
यस्तै क्याम्पसको पुस्तकालयमा समेत सबै विद्यार्थीहरुको पहुँचमा नभएको उल्लेख गर्दै उनले पुस्तकालयलाई डिजिटल प्रविधिमार्फत विद्यार्थीको पहुँचमा पुर्याउने , क्याम्पसका परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पर्ने, नियमित कक्षा सञ्चालन,प्राध्यापकहरुको नियमित उपस्थिती लगायतका विषय आफ्नो सोच रहेको यादवले बताए ।