अभिलाष गुप्ता / बिरगंज । केडिया आँखा अस्पताल परवानिपुरले ५० औं बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाको विभिन्न पालिकामा रहेका शारिरिक अपाङ्ग १४ जनालाई ह्विलचेयर र एक थान स्ट्रेचर अपाङ्गको घर मै पुगि सहयोग गरेको छ ।
कलैया उपमहानगरपालिकाको ३ जना , महागढीमाई नगरपालिकाको २ जना , सिम्रौनगढ नगरपालिकाको १ जना र आदर्शकोतवाल गाउँपालिकाको ८ जनालाई ह्विलचेयर र आदर्श कोतवाल गाउँपालिका बस्नेलाई स्ट्रेचर कार्यक्रम गरी प्रदान गरिएको छ।
समाजिक अभियन्ता प्रकश थारुको पहलमा शारीरिक अपाङ्गता भएको व्यक्तिहरुको घर घरमा पुगि यकिन गरि ह्विलचेयर उपलब्ध गराईएको छ ।
वडा अध्यक्ष जवाहीर , केडिया आँखा अस्पतालको प्रतिनिधी भरत ठकुर , सुशील पटेल समाजिक अभियन्ता थारू अपांग महासङ्घको सदस्य सुनिल कुमार यादव , प्रहरी तुलसी पोख्रेल , मिथिला सार्थी समाजको कोषाध्यक्ष जितेन्द्र पटेल तथा स्थानीयहरुको उपस्थितिमा एक कार्यक्रम बिच ह्विलचेयर तथा स्ट्रेचर हस्तान्तरण गरिएको छ ।