बिरगंज । विद्यार्थी नेता कृष पटेलले फेसबुक मार्फत स्टेटस लेख्दै पार्टीका नेताका हिसाब किताब अधिवेशन हुने समयमा देखाउने गुनासो व्यक्त गर्नुभएको ।
उहाँले लेख्नुभएको छ - ठाकुरममा चर्चित विद्यार्थी नेता संगठनमा योगदान दिएका व्यक्तिलाई पार्टी, संगठन टिकट नदिएर आफ्नो आसेपासे चाखडी गर्ने लाई टिकट दिने पार्टी संगठन निर्णय गलत हो ।
विद्यार्थीको राजनीतिमा पार्टीले चासो देखाएर नेपाल विद्यार्थी संघ कार्यसमिति पर्सामा रहेका एक जनालाई पनि टिकट नदिनु अस्वाभाविक हो । विद्यार्थीका हकहितका लागि धेरै पहिलादेखि आफ्नो समय विद्यार्थीलाई हक अधिकार , आवश्यक समन्वय गर्ने पुरानो विद्यार्थी नेतालाई टिकट नदिएको भन्दै पटेलले गुनासो व्यक्त गर्नुभएको छ ।
पार्टीका निर्णयले गर्दा धेरै जस्तो विद्यार्थी नेता प्रभावित भएर स्वतन्त्र बढ्ने समय आएको छ । पार्टीले योगदान दिएका व्यक्तिलाई नचिन्नु गलत छ ।
मूल्याङ्कन नगरी नेताको सिफारिसमा मात्रै नाम राखेको उनको भनाइ छ।