वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक किशोरीले झुन्डिएर आत्महत्या गरेकी छिन्।
१६ वर्षीया परिवर्तन मधु कुमारीले कोठामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
परिवारका अनुसार हिजो राति कोठामा गएकी मधु बिहान ढोका नखोल्दा परिवारले शंका गरी ढोका फोड्दा उनलाई झुन्डिएको अवस्थामा फेला पारेका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनास्थलमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।