पर्सा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताले स्ववियु निर्वाचनमा अनेरास्ववियु जिताउन अपील गरेका छन् ।
देशकै ठूलो दोश्रो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो हक अधिकार सुनिश्चित गराउन भोली हुने निर्वाचनमा अनेरास्ववियुको पक्षमा मतदान गर्न अपील गरेका हुन् ।
विरगंजको ठाकुरराम बहुमुखी क्याम्पस लगायत अन्य क्याम्पसमा पनि अनेरास्ववियुको बारेमा बुझी र विद्यार्थीहरु अनेस समस्यामा सहरा बनी अनेरास्ववियु आगाडि आएको इतिहास रहेको बताउँदै विद्यार्थीहरूलाई अनेरास्ववियुमा मतदान गर्न मन्त्री गुप्ताले आग्रह गरेका हुन् ।
अनेरास्ववियुबाट ठाकुरामामा सभापतिका लागि पवन यादव , सचिवमा अरमान हस्मी , कोषाध्यक्षमा अक्षेलाल कुशवाहा लगायतका प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।