पर्सा । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको पछि जिला प्रशासन कार्यालय पर्साले सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनको लागी समय अवधि थप गरेको छ ।
भोली चैत्र ५ गते देखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा सार्वजनिक विदाको दिन बाहेक प्रत्येक दिन बिहान ७:३० बजे देखि बेलुका ७:०० बजेसम्म तोकिएको जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
समय अवधि थप भएसंगै सेवाग्राहीहरुलाई थप सहज रूपले सेवा सुविधा पाउने आशा भएको छ भने यो समय अवधि थप भएसँगै छिटो र छरितो तरिकाले काम हुने विश्वास गरिएको छ ।
