पर्सा । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षको लामो प्रतीक्षापछि आगामी चैत भोली ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । अब एक दिन मात्र बाँकी रहँदा निर्वाचनको उत्साह र चहलपहल क्याम्पसभित्र र बाहिर चरमोत्कर्षमा पुगेको छ ।
स्ववियु निर्वाचन समितिका अनुसार १४ वटा सङ्गठन र समूहले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । सभापतिदेखि अन्य पदका उम्मेदवारहरूले विद्यार्थीहरूमाझ भोट माग्ने अभियानलाई तीव्र बनाएका छन् । यद्यपि, चर्चाको केन्द्रमा भने केही उम्मेदवार मात्र छन् ।
चर्चामा रहेका उम्मेदवारमध्ये भोट फोर चेन्ज स्वतन्त्र बिद्यार्थी युनियनबाट सचिव पदका उम्मेदवार सन्तोष साह सबैभन्दा अगाडि देखिएका छन् । दलिए व्यवस्थाले आज सम्म क्याम्पसलाई तल्ला बाहेको केही गर्न नसक्केको अबको चुनावमा स्वतन्त्र बाहेक विकल्प नभएको बताए । सन्तोष साह विद्यार्थी राजनीतिमा सक्रिय व्यक्तित्व हुन् ।
उनले क्याम्पसमा विद्यार्थीहरूको हकहितका लागि निरन्तर काम गर्दै आएका छन् । चाहे त्यो शैक्षिक सुधारको मुद्दा होस् वा विद्यार्थीहरूलाई आवश्यक सहयोग, साह सधैँ अग्रपङ्क्तिमा उभिएका छन् । उनको शालीन व्यक्तित्व, मिठो बोली र भद्र स्वभावले विद्यार्थीहरूमाझ उनलाई लोकप्रिय बनाएको छ ।