वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। बिहान १० बजेबाट सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म २० प्रतिशत २ हजार मतदान मात्र भएको निर्वाचन प्रमुख दिलीप सिंह ले जानकारी दिएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार बिहान ८ बजे बाट सुरु हुने भनिएको मतदान २ घण्टा ढिलो भई १० बजे मात्रै सुरु भएको थियो। सिंहका अनुसार निर्वाचनका सम्पूर्ण तयारी पूरा भएपछि मात्र मतदान प्रक्रिया अगाडि बढाइएको हो।
मतदानस्थल र मतदाता विवरण मतदानस्थल – ९ वटा, मतदाता संख्या – १०,७२९ जना, सभापति पदका उम्मेदवार – १४ जना छन्।
१६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेकाले विद्यार्थीहरूमा विशेष उत्साह देखिएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भइरहेको छ।
ठाकुरराम क्याम्पसमा जारी मतदानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ भने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।