कन्हैया पटेल, विशाल यादव /वीरगन्ज । स्वबियु निर्वाचन अन्तर्गत विरगंजको ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा नक्कली मतदाता कार्ड बनाई मतदिने व्यक्तिलाई कारवाही गरिने भएको छ ।
ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा हिजो देखि रोकिएको मतगणना सुचारु गर्न बसेको समितिको बैठकमा आफ्नो कुरा राख्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नक्कली मतदातालाई कारवाही गरिने बताएका छन् ।।
मतगणना चलिरहेको बेला मतपेटिकाको सिल नम्बर फरक परेको विषयमा विवाद हुँदा हिजो देखि रोकिएको मतगणना पुन शान्तिपूर्ण माहोल बनाई सुचारु गर्ने उद्देश्यका साथ भएको बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले नक्कली मतदातालाई आवश्यक कारवाही गर्न सिफारिस गरिने बताएका हुन् ।
स्वबियु निर्वाचन अन्तर्गत ठाकुरराम बहुमुखी क्याम्पसमा निर्वाचन समिति लगायत क्यापस प्रशासनसंग कमीकमजोरी भएको आफू स्वीकार गर्दै उम्मेदवारको तर्फबाट आएको जाहेरीको आधारमा कारवाही गर्न आफू तयार रहेको उनले बताएका छन् ।
पछिको कमीकमजोरी सच्याउँदै शान्तिपूर्ण वातावरण बनाई मतगणना गराउने पर्ने कुरा भन्दै हामीसँग भएको त्रुटीलाई सच्याउने तथा क्याम्पस प्रशासनदेखि सुरक्षाकर्मीसंग भएको गल्ती , कमीकमजोरीको आफू क्षमा प्रार्थी रहेको उनले बताए ।
साथै शान्तिपूर्ण माहोल बनाई मतगणना प्रक्रिया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आग्रह गरेका छन् ।