बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति जितेन्द्र मिश्रले खेल देशको गहना भएको बताएका छन् । छिपहरमाई गाउँपालिका वार्ड नं २ बोर्डर हाँगामा क्रिकेट क्लब भेडीहर्वाद्वारा आयोजीत नाइट टुर्नामेन्टको फाइनल खेलमा विजेतालाई पुरस्कार वितरण गर्दै खेल देशको गहना उनले भने ।
छिपहरमाई गाउँपालिकामा अहिले पनि खेलकुदको बिकास नभएको बताउँदै गाउँपालिकामा अहिले धेरै जस्तो काम शिक्षा स्वास्थ्य खेलकुदबाट जनता टाढा रहेको र गाउँपालिका मात्र भ्रष्टाचारमा लिप्त रहेको उनेल थपे ।
अब आउने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प नभएको बताएका छन् । बोर्डर हाँगामा क्रिकेट क्लब भेडीहर्वाद्वारा आयोजी नाइट टुर्नामेन्ट प्रमुख अतिथि जितेन्द्र मिश्रा , अतिथि वार्ड नं २ का वडा सदस्य कमल दास तत्वा , रमेश दास तत्वा राष्ट्रिय स्वतन्त्र पार्टीपालिका सचिव मनबोद यादव लगायत उपस्थित रहेको थियो ।
सो टुर्नामेन्टमा विजेतालाई रेन्जर साइकल नगद उपविजेतालाई मेडल प्रमुख अतिथि समेत रहेका मिश्रद्वारा वितरण गरिएको र सो खेलमा छिमेकी मुलुक लिपनिलाई हराउदै ईनर्वाले जितेको बोर्डर हाँगामा क्रिकेट क्लबका सदस्य रमेश दास तत्त्वले जनाए ।