वीरगंज । पर्साको पोखरिया स्थित रहेको मालपोत कार्यलयको उपशाखाले आईतबारदेखि भु –सेवा सञ्चालन गर्ने ११ जना कानुन व्यवसायीहरुलाई अनुमती तथा प्रमाण पत्र वितरण गरेको छ ।
मालपोत कार्यलय पोखरियाले प्रमाण पत्र वितरण कार्यक्रम आयोजना आफ्नै कार्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ ।
मालपोत कार्यलय पोखरियाले भु– सेवा सञ्चालन सम्बन्धी कानुन व्यवसायीलाई अनुमती पत्र प्रदान गर्नको लागी फाल्गुन २३ गते सुचना प्रकाशन गरेको र सो सुचनाको म्याद चैत्र ८ गते सकेपछि ११ जना कानुन व्यवसायीलाई अनुमती तथा प्रमाण पत्र वितरण गरेको मालपोत कार्यालय पोखरियाको प्रमुख रामजी साहले बताए ।
सञ्चालन पश्चात भु–सेवा प्रबिधिबाट ८ जना सेवाग्राहीले सेवा लिएको सुचना अधिकारी रामरेखा चौरसियले जानकारी गराएका हुन ।