बिरगंज । स्ववियु निर्वाचन ठाकुरराम बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत दिलीप सिंहले राजीनामा दिए छन ।सिंहले सोमवार व्हटाप्स मार्फत ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख रंजीत यादवलाई राजीनामा दिएका हुन।
यस विषयमा क्याम्पस प्रमुख यादवले ज्योति दैनिक संग कुरा गर्दे व्हाटप्स मार्फत सिंहको राजीनामा आए पनी क्याम्पस बन्द भएको कारण अहिले सम्म राजीनामा स्वीकृत नभएको जानकारी दिए। यस विषय बारे प्रमुख जिल्ला अधिकारीलाई आफ़ूले जानकारी गराई सकेको सो बारे छलफल जारी रहेको हुदा छलफल पछी निष्कर्षमा जाने बताए।
सो बारे विधार्थी नेता मनोज साह ले भने शंका व्यक्त गरेका छन।उनको भनाई अनुसार अहिले क्याम्पसमा बिल बीजक पास गर्न र अन्य कामको लागी खुला छ तर राजीनामा स्वीकृत गर्नको बहाना बाजी गर्ने भनेर शंका जताएका छन। आज फेरी जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल जारी रहेको छ।