पर्सा । सशस्त्र प्रहरीले नेपालबाट लुकाई छिपाई भारतको रक्सौल तर्फ जादै गरेको अवस्थामा एउटा अटोबाट १० किलोग्राम सुक्मेल बरामद गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १६ भन्सार कार्यालयको मुख्यद्वार अगाडि चेकजाँच गर्ने क्रममा ना.१ ह १-०३११ नम्बरको अटोबाट भन्सार छलि गरि कालो प्लास्टिकमा प्याक गरि पछाडिपट्टिको सिट मुनि लुकाएर राखेको अवस्थामा सुक्मेल बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको जनाएको छ । अटोचालक एवम् अटो सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सुकमेल तथा अटोको अन्दाजी मूल्य करिब २ लाख ५० हजार मूल्याकंन गरी भन्सार कार्यालय बुझाइएको सुब्बाले जानकारी दिएका छन्।