विशाल यादव /पर्सा । पर्साको बहुदरमाई नगरपालिकामा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । बहुदरमाई नगरपालिकाको सहयोग र वडा नं ५ को आयोजनामा भएको टी– २० क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमकाबीच नगरपालिका उपमेयर सुषमा कुशवाहाले रिबन काटेर उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि समेत रहेकी उपमेयर कुशवाहाले उद्घाटन गर्दै अबका युवाहरुलाई खेलकुदमा मात्र आवश्यकता नभइ देश चलाउनमा पनि युवाको आवश्यकता रहेको बताइन् । युवाहरुलाई खेलकुदको साथै पढाइमा पनि अवल भएर रोजगारीको पनि जरुरी रहेको बताइन् ।
सघिय सरकारले खेलाडीहरु उत्पादन गर्न नसकिरहेको र खेलाडीहरुसँग भेदभाव गरी खेलाडीहरुको ऊर्जा र मनोबललाई समाप्त गर्ने खेल गरिरहेको आरोप लगाउँदै , सरकारले खेलमा राम्रो काम गर्न नसकिरहेको र त्यसै कारण अब आआफ्नो ठाउँबाट जति सके त्यति नै खेलमा आगाडि बढन युवाहरुको जरुरी रहेको उनले बताइन् ।
अगामी दिनमा नगरपालिकाका युवाहरुलाई खेलकुद, कुस्तीलगायतमा प्रशिक्षण दिलाएर अगाडि बढाउने कार्य आफूले गर्ने बताइन् । युवाहरुको खेलकुदको माध्यमबाट शारिरिक र मस्तिष्क विकासका साथै नगरपालिकाको नाम देश विदेशमा हुने उनले बताइन् ।
वडा नं ५को टोल भौराटार खेल मैदानमा भएको टी– २० क्रिकेट टुर्नामेन्टमा वडा नं ५ र ९ बीच खेल हुँदैछ । उक्त खेलमा वडा नं ५ का क्रिकेट टिमले टस जितेर पहिला ब्याटिङ रोजेर खेल खेल्दै छन ।
वडा अध्यक्ष सुनिल कुशवाहाको अध्यक्षता भएको वडा नं ५ वडा कप प्रतियोगितामा रमप्रबेश धानुक लगायत नगरपालिकाका समाजसेवी , बुद्धिजीवि लगायतको उपस्थिति रहेको छ ।