विशाल यादव / वीरगञ्ज । खेलकुद तथा समाज कल्याण मधेस प्रदेशका मन्त्री प्रमोद जैसवालले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित कटैया गाउँमा निर्माण हुनलागेको ढलान सडकको शिलन्यास गरेका छन् ।
२५ लाख रुपैयाँको लागतमा गाउँमा निर्माण गर्न लागिएको ढलान सडकको मन्त्री जैसवालले शनिबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् ।’
शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री जैसवालले दशकौँदेखि जनताले भोग्दै आएको बाटोघाटो समस्या अंत हुने उद्देश्यका साथ आफू हरपल लागिपरेको बताए ।आफू निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका कामहरु सुरु भएको दाबी मन्त्री जैसवालले गरे ।’
निर्माण हुन्न लागेको सडक ढलान राम्रो र गुणस्तरयुक्त बनाउन आग्रह गर्दै बेला बेला आफूले अनुगमनसमेत गर्ने उनले बताए ।
सडक निर्माण हुने भएपछि स्थानीयहरु हर्षित भएका छन् । सडक नहुँदा वर्षायाममा हिलो र गर्मिको समयमा धुलो-धुवाले स्थानीय पिडित हुने कुरा अन्त्य हुन लागेपनि उनीहरू हर्षित भएका हुन । सडक निर्माण भएपछि स्थानीयहरुको शहरी क्षेत्रसम्मको पहुँचपनि बढ्ने समेत विश्वास गरिएको छ ।
उक्त कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिका पूर्व अध्यक्ष प्रदीप जैसवाल , पूर्व वडा अध्यक्ष सलीम मिया र रूपलाल यादव लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।