बिरगंज । पकाहामैनपुर युवा सञ्जालको आज बैठक सम्पन्न भएको छ । युवा सञ्जालको समिति सदस्यको बैठक पकाहामैनपुर गाउँपालिकाको वडा नं २ मधुबनीमा सम्पन्न भएको छ ।
आज भएको युवा सञ्जालको भेलामा विभिन्न विषयहरू माथि छलफल गरी निर्णय गरिएको छ।आजको बैठकमा आउँदो १२ गते शनिबारका दिन पकाहामैनपुर गाउँपालिकाको वडा नं २ मधुबनी चौकमा गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रमको आयोजना गरिएको युवा सञ्जालले जनाएको छ।
आजको बैठक कार्यक्रममा नेपाली काँग्रेसका हरी चौहान , अनिल शाह , राकेश कुशवाहा , सिन्दु मेहता , नेकपा एमालेका तेजप्रकाश निषाद , हृदयानारायण कुशवाहा, अकलेश साह , राजेश सहनी , मदन पासवान , जसपा फरिन्द्र चौहान, नवल पटेल , जनमत पार्टी सुदर्शन साह , स्थानीय युवा ब्रीचन सहनी , दीपनारायण ठाकुर , अब्दुल हावरी लगायत युवा , बुद्धिजीवि र समाजसेवीको सहभागिता रहेको थियो।