पर्सा । वर्तमान ओलि सरकार फेल भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए छन ।वीरगञ्जमा भएको पत्रकार सम्मेलनमा उनले सरकार आफनौ कार्यसम्पादन मुल्याङकनमा आफै फेल भएको देखाएको उनको भनाई ।
राजधानीमा भएको ५ हजार प्रदर्शनकारीलाई रोक्न नसक्ने सरकारले अब मार्ग प्रस्सत गर्नु पर्ने उनले बताए । हालको सरकार नाजायज सरकार हो ,भएको उनको दाबि पनि छ । राज्य सर्वसारधारणको जनधनको रक्षा गर्न पनि असर्मथ भएको उनले बताए । देशमा केवल लुटतन्त्र मौलाएकोले जनता आजित भएको उनको दाबि रहेको छ । आम जनता पार्टीले काठमाण्डौंमा आयोजना गर्ने आन्दोलनमा सहयोग गर्न पनि उनले अपिल गरेका छन ।