पर्सा । ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका बस्ने आयुब मिया मन्सुरीलाई पक्राउ गरेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवको नाममा ठगी गरेको आरोपमा वीरगंज महानगरपालिका वडा नम्बर १६ इनर्वाका आयुब मिया मन्सुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
खानेपानी मन्त्रीसँग आफ्नो राम्रो सेटिङ रहेको भन्दै काम गराइदिन्छु भन्दै काठमाडौँका विभिन्न व्यक्तिहरूसँग एक करोड रुपैयाँ ठगेको आरोपमा सीआइबीले काटेको पत्रको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले बताए ।
उनले खानेपानी मन्त्री प्रदीप यादवको नाम बेचेर एक करोड रुपैयाँ ठगेको आरोपमा सीआइबीले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेको थियो । सोही आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लम्सालले पुस्टि गरे ।