पर्सा । ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ नेपाल निजामती कर्मचारी संगठन पर्साको ठोरीमा बृहत् वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्सा अध्यक्ष सुनिल रौनियारको अध्यक्षता , नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय वरिष्ठ उपाध्यक्षको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो ।
नेपाल निजामती कर्मचारी संगठन पर्साले पर्साको पर्यटकिय स्थल ठोरीमा आयोजना गरेको वनभोज कार्यक्रममा अध्यक्ष रौनियारको अध्यक्षतामा गठित कमिटीलाई शुभकामना दिँदै भित्तेपात्रो सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको भित्तेपात्रो नेपाल निजामाती कर्मचारी संगठन पर्सा जिल्ला कार्यसमितिले आर्थिक वर्ष २०८२ को लागि प्रकाशन गरेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले नेपाल निजामती कर्मचारी संगठन पर्सालाई विशेष धन्यवाद दिँदै आगामी दिनमा यस संगठनले सक्रिय भएर कर्मचारीहरुको हकहितका क्षेत्रमा काम गरोस् भन्दै शुभकामना दिएका थिए ।
संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान गर्दै यसपछि सिंगो राज्यको विकासका लागि यस संगठनमा आवद्ध कर्मचारीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अतिथिहरुले बताए ।