पर्सा । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता मधेस प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनित भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश जनकपुरधामले आज एक सूचना जारी गर्दै गुप्तालाई मनोनयन गरिएको जनाएको छ।
मधेस प्रदेशको मुख्यमन्त्रीको कार्यालयले संघ, (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २४ को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनयन गरेका हुन् ।
छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ता विकासप्रेमी नेताको रुपमा चिनिन्छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित भएसँगै गाउँपालिकामा विभिन्न क्षेत्र र विधामा उनले सुधार अभियान सुरुवात गरेका छन्। उनी विकाश भएकै कारण दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
