वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सञ्जालमार्फत समाजमा द्वेष र उत्तेजना फैलाउने भ्रामक सूचना पोस्ट, शेयर, लाइक वा कमेन्ट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले पछिल्लो समयमा वीरगञ्जसँग असम्बन्धित र समाजमा तनाव सिर्जना हुने सामग्री सार्वजनिक भइरहेको भन्दै त्यस्तो कार्य प्रचलित कानुनअनुसार दण्डनीय हुने चेतावनी दिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सो सामग्रीहरू तत्काल हटाउन आग्रह गर्दै, कानुनी कारबाहीमा पर्न सक्ने स्पष्ट सूचना दिएका छन्।
