वीरगञ्ज । वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्राका क्रममा उत्पन्न विवाद र पछिल्लो समय जारी तनावलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दुवादी सङ्गठनहरूलाई छलफलका लागि बोलाएको छ।
पक्राउ परेका युवाहरूको विरोधमा हिन्दुवादी सङ्गठनहरूले आन्दोलित गतिविधि जारी राखेपछि स्थिति नियन्त्रणका लागि प्रशासनले आज बिहान ११ बजे छलफलको पहल गरेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पक्षसँग समन्वय र संवादमार्फत समस्या समाधान गर्न छलफल आह्वान गरिएको जानकारी दिए।
गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्दा दुई समुदायबीच विवाद उत्पन्न भएको थियो। त्यसयता वीरगञ्जमा स्थिति तनावग्रस्त रहँदै आएको छ।