वीरगन्ज । वीरगन्ज–२ छपकैयाबाट सशस्त्र प्रहरीले २१ लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
छपकैयाको एक घरमा भण्डारण गरेर राखिएको जुत्ता, चप्पल, काजु, मरिच र ओषधी सशस्त्र प्रहरीले शनिबार बरामद गरेको हो । उक्त घरबाट २१ लाख १६ हजार १०० रुपैयाँ मूल्य बराबरको ती समान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्रबहादुर सिंहले जानकारी दिए ।
बरामद ती सामानहरू आवश्यक कारबाहीका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताए ।