काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्ने भएका छन् ।
शुक्रवार साँझ ७ बजे प्रधानमन्त्री ओलीले शिक्षकहरूसँग छलफल गर्दैछन् ।
नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफूहरूलाई बोलाइएको जनाकारी दिए ।
उनले प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे महासंघलाई भेट्न बोलाएको जानकारी दिए ।
महासंघले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएको छ ।