काठमाडौँ । राजावादी आन्दोलनमा पक्राउ परेका राप्रपा सांसद तथा महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।
क्यान्सरका बिरामी रहेका राणाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर उनलाई रिहा गर्ने तयारी भएको हो ।
राणालाई रिहा गर्न भन्दै जिल्ला प्रहरी परिसरले सरकारी वकिलको कार्यालय काठमाडौँलाई सिफारिस गरिसकेको स्रोतले बतायो ।
राणा नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्न लागिएको हो ।
राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए ।