काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले बैठक बोलाएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएपछि महासंघले आजको लागि बैठक बोलाएको हो । बैठक दिउँसो तीन बजे बानेश्वरस्थित रत्नराज्य माविमा बस्नेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ । बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थित हुन अनुरोध गरेको छ ।