बिरगंज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले शाखाका पुर्व अध्यक्षहरुसङ्ग अन्तरक्रिया गरेको छ । गत महिना राजतन्त्रका पक्षहरूले गरेको आन्दोलनको समाचार संकलनका क्रममा दिवङ्गत भएका एभिन्यूजकर्मी सुरेश रजकको बीभत्स हत्याका विरुद्ध महासङ्घले घोषणा गरेको चरणवद्ध आन्दोलनको कार्यक्रम अनुसार पर्सा शाखाले सो अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पुर्व सभापति एवम् वर्तमान केन्दृय सचिव अशोक तिवारीले रजक ह्त्याकान्डको अनुसन्धान हालसम्म सरकारले पूरा गर्न नसकेको जनाउँदै यसको कडा निन्दा गरे । पत्रकारिता क्षेत्रमा सन्चारकर्मिको नाममा अराजकता बढेको चिन्ता व्यक्त गर्दै तिवारीले पत्रकारिताको मूलमर्म बिपरित जाने जो कोहिलाई कारवाहिको दायरामा ल्याउने बताए ।
यसकालागि महासङ्घले विभिन्न सन्चार माध्यममा कार्यरत सन्चारकर्मीको तथ्यांक सन्कलन गर्न उनले आग्रह गरे । कार्यक्षेत्रमा खटिएको बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न वक्ताहरुले जोड दिदै सामाजिक सन्जालमा सुचनाको नाममा आम नागरिकलाई भ्रमित पार्ने, सामाजिक प्रतिस्ठा हनन गर्ने जस्ता कृयाकलाप बढेकोमा चिन्ता ब्यक्त गरे ।