धनकुटा । धनकुटाको पाख्रीबास–५, देविथानमा भएको सवारी दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा भोजपुर रामप्रसाद राई गाउँपालिका–१ की बीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका–७ की बेगना चेम्जोङ, झापा विर्तामोड–७ का कृष्ण बहादुर राई र भोजपुर टेम्केमैयुङ–७ का तपिराज राई छन् ।
यस्तै संखुवासभाको चैनपुर–२ का रमेश कार्की, भोजपुर रामप्रसाद राई गाउँपालिका–१ का किशोर तामाङ र भोजपुर नगरपालिका–७ का प्र्रबिन कुमार सुवाल सामान्य घाइते भएका छन् ।
गम्भीर घाइते चार जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र अन्यको स्थानीय पाख्रीबार आधारभुत अस्पतालमा उपचार भइरहेको छ ।
भोजपुरबाट ईटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२९ नम्बरको इभी हाइस गाडी आइतबार दिउँसो साढे चार बजे दुर्घटनामा परेको हो ।
गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो । उक्त गाडीमा १६ जना यात्रु सवार थिए ।