काठमाडाैं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबीच भेटवार्ता भएकाे छ ।
पूर्व राष्ट्रपति भण्डारी र नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताबीच शुक्रबार भेटवार्ता भएकाे हाे । न्युयोर्कको भ्रमण पश्चात पूर्व राष्ट्रपति भण्डारीसँग छलफल भएकाे मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे छ ।
उहाँहरुबीच समसामयिक विषयमा कुराकानी भएकाे बताइएकाे छ । पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा चलिरहेका बेला उहाँहरुबीच भएकाे भेटवार्तालाई अर्थपूर्ण मानिएकाे छ । पूर्व राष्ट्रपति भण्डारी एमालेका पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।