काठमाडौँ । कृषि मन्त्री रामनाथ अधिकारीले केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा ल्याउने बताए । उनले आइतबार भएको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै यस्तो जानकारी दिएका छन् ।
‘कृषि ऐन केहि दिनमा आउँदैछ । अहिले कानुन मन्त्रालयमा छलफलको कर्ममा छ,’ मन्त्री अधिकारीले भने, ‘केहि दिनमा व्यवस्थापन गरेर क्याविनेटमा लैजाँदै छौँ ।’
त्यसले कृषि क्षेत्रका अधिकांश समस्या समाधान गर्ने उनको भनाइ छ । साथै उनले किसान परिचयपत्र राष्ट्रिय परिचयपत्रमा आधारित भई वितरण गरिने बताए । यस्तै कृषि अनुदान वितरणलाई प्रभावकारी बनाउन पहल गरिरहेको दावी गरे ।