काठमाडौँ । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)ले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ।
पीडितहरूले संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन लगातार गरिरहेका छन्। आन्दोलन अनिश्चितकालीन रहेको उनीहरूको भनाइ छ।
जसअनुसार आज पनि उनीहरूले माइतीघर मण्डलाबाट नयाँ बानेश्वर क्षेत्रमा पुगेर प्रदर्शन गरेको छन्।
पीडितहरुले सरकारले आफ्नो आन्दोलन मागप्रति बेवास्ता गरेको बताएका छन्।