काठमाडौं, ६ जेठ । नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
आज बसेको बढुवा सिफारिस समितिले ११ जनाको नाम सिफारिस गरेको हो ।
एसएसपीहरु सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ डीआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

