साजीवनको पात धेरै रोगीहरुको लागी अमृत सरह नै बनेको छ। यसका पात स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ। यसलाई धेरै तरिकाले आहारमा समावेश गर्न सकिन्छ। यसको फल, पात र फूलहरू सबै खानामा प्रयोग गर्न सकिन्छ।साजीवनको बोट पोषणले भरिपूर्ण हुन्छ। साजीवनको पातहरू प्रोटिनको ठूलो स्रोत हुन्।
डाक्टरहरुको भन्नाई अनुसार "यसमा प्रोटिन मात्र होइन क्याल्सियम, पोटासियम, फस्फोरस, फलाम, भिटामिन ए, भिटामिन डी, भिटामिन सी जस्ता गुणहरूले पनि समृद्ध हुन्छ।" यसलाई धेरै तरिकाले आहारमा समावेश गर्न सक्नुहुन्छ। यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने, यी पातहरूको सेवन तपाईंको लागि धेरै फाइदाजनक साबित हुन सक्छ।
साजीवन पातहरू कसरी सेवन गर्ने तरीका:
१.खानामा साजीवनका पातहरू धेरै तरिकाले समावेश गर्न सक्नुहुन्छ।
२.चियाको रुपमा पानीमा उमालेर पिउन सक्नुहुन्छ।
३ सुपमा बनाई वा यसको पातहरूको जूस बनाएर बिहान खान सकिनछ।