विरगंज । संस्कृति संरक्षणको निमित अपन राधेमाई युवा क्लवद्वारा आयोजित संस्कृतिक कार्यक्रम सभ्य र भव्य रूपले समापन भएको छ । महिलाहरुको हरितालिका तीज व्रतलाई मध्य नजर गर्दै मधेश फाउन्डेसन नेपाल की अध्यक्ष पिंकी यादव ज्यूको पूर्ण सहयोगले यो कार्यक्रम गराइएको थियो ।

राति करिब ८ बजे देखि सुरु भएको कार्यक्रम बिहान ३ बजे समापन भयो। आजको कार्यक्रमको प्रमुख अतिथि मधेश फाउन्डेसन नेपालकी अध्यक्ष यादव , सभापति अपन राधेमाई युवा क्लबको अध्यक्ष पवन यादव , विशिष्ट अतिथि क्लबका उपाध्यक्ष रचना अधिकारी र अतिथि क्लबको वरिष्ठ सलाहकार मुकेश यादवको उपस्थितिमा यो कार्यक्रम गरिएको थियो ।

देशको राष्ट्रिय गान लाई सम्झिदै द्वीप प्रज्वलन गरी यो कार्यक्रम लाई सुरुवात गरिएको थियो। महिला हरुले यो तीज ब्रत आफ्नो श्रीमानहरुको आयु लामो समय सम्म जाओस् भने सोचले रात भारी जाग्नै पर्ने रहेछ जस्तो पुर्खा पूर्वज देखि चल्दै आएको संस्कार अहिले पनि त्यही सोचले पर्व मनाइन्छ भने कुरा हामी महिलाहरुबाट जानियो । आजको सांस्कृतिक कार्यक्रमको कलाकार छोटु राज हुनु हुन्थ्यो र उहाँको झाँकी टोली भारतबाट आएको छ भने जानकारी पनि गराउनु भएको थियो । लगातार ४ दिन देखि क्लबका संपूर्ण सदस्यहरूले आफ्नो भूमिका निर्वाह गर्दै आइरहेका थिए। सबैको सोच एउटै थियो की यस सांस्कृतिक कार्यक्रमलाई जसरी भए पनि सभ्य ,भव्य र शान्ति सुरक्षाको साथ गराउनु पर्छ ।
क्लबको संपूर्ण सदस्यहरुको साथ सहयोगले यो कार्यक्रम सफल भयो । यो सांस्कृतिक कार्यक्रमको लाग्ने सम्पूर्ण खर्चहरु प्रमुख अतिथि बेहोर्नु भएकोले उहाँलाई यस क्लबको तर्फबाट हृदय देखि धेरै धेरै धन्यवाद दिएका छन् । कार्यक्रममा लगभग ८०० भन्दा बढी आइमाई दिदी बहिनिहरु को उपस्थिति भएको थियो । शान्ति सुरक्षा कायम गरी दिनु भएकोमा श्रीपुर वार्ड कार्यालयबाट खटिनु भएको सम्पूर्ण सुरक्षाकर्मीहरु लाई पनि क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिएका छन् ।