पर्सा । पर्सा जिल्लाको पोखरीया नगरपालिकाका एक वडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् ।
विगत दुई वर्षदेखि फरार रहँदै आएका पोखरीया नगरपालिका –१० का वडा अध्यक्ष सोनालाल साह गोढ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वि.सं. २०८० असार ३ गते पर्सा जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७९ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए । तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए।
लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसला पश्चात् विगत दुई वर्षदेखि फरार रहँदै आएका वडा अध्यक्ष गोढलाई हिजो गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको हो ।