काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले एमाले नेता महेश बस्नेत पक्राउ नपरेकोमा असन्तुष्टि जनाएका छन्। निकोलस भुसाल र बस्नेतको अभिव्यक्तिमा फरक नभए पनि एकजना मात्र पक्राउ पर्नुमा गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रश्न गरेका छन्।
‘निकोलस भुसाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ? बन्द कोठामा प्रश्न गर्दा–गर्दा थाकेर आएको अभिव्यक्ति हो यो। लाग्छ आन्दोलन हार्दै छ,’ गुरुङले फेसबुकमा लेखेका छन्।