काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षसहित सिंगो पदाधिकारीमा केपी ओली प्यानलले जित्ने दाबी गरेका छन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एक उपाध्यक्ष र एक महासचिपव बाहेक सबै पदमा ओली प्यानलको जित सुनिश्चित भइसकेको जिकिर गरे।
उनले भने, ‘भोलि हामी यहाँ नै महाधिवेशनको समापन समारोह गर्छौँ। शपथ, पहिलो बैठकलगायतको कार्यक्रम भोलि बिहान ११ बजे हुन्छ।’
उनले अब एक घण्टामा सबै नतिजा आउने बताए।