वीरगन्ज २५ कार्तिक : विगत ९ महिनादेखि बन्द रहेको शिक्षालयहरु अब पूर्ववति रुपमा सञ्चालन भए जस्तै नियमित रुपमा विद्यालय खोलेर कक्षा सञ्चालन गर्न आवश्यक रहेको धारणा सरोकारवालाहरुले राखेका छन् । आवाज एफएम ८८ मेघाहर्जको सम्वादमा उनीहरु यस्तो धारणा राखेका हुन् । शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिती पर्साको सहकार्यमा सञ्चालित कार्यक्रममा शिक्षाविद् डा दिपक शाक्य, सामुदायिक रेडियो प्रशारक संघका महासचिव गोविन्द देवकोटा, अधिकारकर्मी केसी लामिछानेले कोभिडको महामारीको संक्रमण वीरगञ्जमा कम हु“दै गएको हुनाले अब विद्यार्थीहरुको भौत्तिक उपस्थिती गराएरै कक्षा सञ्चालन गरेर पढाईको वातावरण निर्माणमा लाग्न विलम्ब गर्नु नहुने धारणा राख्नुभएको थियो । उहा“हरुले ८, ९, १० मात्रै होईन, सबै तहका कक्षा सञ्चालनका निम्ती अब कुनै कसर बा“की नराखी अघि बढ्नु पर्ने धारणा औल्याएका थिए । उहा“हरुले वैकल्पिक शिक्षालाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढाउनु पर्ने धारणा समेत राख्नुभएको थियो ।