पर्सा । पर्साको कालिकामाई गाउँपालिका–२ स्थित भेडिहारी टोलमा शुक्रबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।
नेपाल पासवान संघ पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साको संयुक्त आयोजनामा तथा तिलगंगा अस्पताल काठमाडौंको सहयोगमा स्थानीय शम्भु पासवानको दैलोमा आयोजित शिविरमा दलित, मुस्लिम तथा अन्य समुदायका स्थानीयवासीले निःशुल्क आँखा परीक्षण गराएका थिए।
शिविरमा १६० जनाको आँखा परीक्षण गरिएकोमा ३५ जनामा मोतियाबिन्दु (क्याटर्याक्ट) फेला परेको शिविरमा संलग्न डा. प्रभात चौरसियाले जानकारी दिनुभयो।
उहाँका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको शनिबार वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ।
उहाँका अनुसार मोतियाबिन्दु देखिएका सबै बिरामीको शनिबार वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ।
शिविरमा राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकार बृजलाल पासवान, नेपाल पासवान संघका नेता जयकुमार पासवानलगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
आयोजकले यस्ता निःशुल्क स्वास्थ्य शिविरले विपन्न तथा उपचारको पहुँचबाट टाढा रहेका समुदायलाई प्रत्यक्ष लाभ पुगेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।