बारा । बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६ः३० बजे स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते हुनुभएको थियो ।
घाइते बालिकालाई परिवारका सदस्य र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएका थिए। उपचारका क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडालाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो।
बालिकाको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ